चैत २७,काठमाडौं – बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरेको छ ।
जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण शुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ ।
सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।