छैन तालिम केन्द्र

चैत १८, काठमाडौँ – सरकारले निश्चित स्वास्थ्य संस्थालाई मात्र सुरक्षित गर्भपतन गराउन अनुमति दिएको छ । यसका लागि तोकिएको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्था र तालिमप्राप्त जनशक्तिलाई मात्र सरकारले सुरक्षित गर्भपतन सेवा प्रदान गर्न सूचीकृत गर्ने गर्दछ तर कर्णाली प्रदेशमै तालिम केन्द्र नहुँदा यहाँका स्वास्थ्यकर्मीहरुलाई नेपालगञ्ज र धनगढी पठाउनुपर्ने बाध्यता छ । कर्णालीमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र छैन । त्यसले गर्दा तालिमप्राप्त जनशक्ति यो प्रदेशमा न्यून छ । सरकारले अनमी, स्टाफ नर्स र मेडिकल अफिसरलाई तालिम प्रदान गरेर सूचीकृत गर्दै आएको छ ।

स्वास्थ्यकर्मीलाई औषधिद्वारा गरिने गर्भपतन (छ हप्तासम्मको गर्भ) का लागि पाँच दिन, उपकरणद्वारा गरिने गर्भपतन (१२ हप्तासम्मको गर्भ) का लागि १४ दिनको तालिम दिने गरिन्छ ।