चैत ५, गुल्मी – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धुर्कोट गाउँपालिका- ५ बस्ने ३६ वर्षीय विष्णु बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विष्णु बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।