ट्रेन्डिङको शीर्ष स्थानमा पुष्प र साम्राज्ञीको ‘मारुनी’

चैत ३ ,काठमाडौं- चलचित्र “मारुनी“ ले ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ ।

पुष्प खड्का र सामाग्री आर एल शाहको मुख्य भूमिका रहेको चलचित्रलाई हाल सम्म यूट्युबमा २० लाख माथि दर्शकले हेरी सकेका छन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका छ ।

नबल नेपालको निर्देशनमा तयार भएको यो चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन्