चैत्र २, काठमाडौ – नेपाल टेलिकमले चौथो पुस्ताको द्रुत गतिको इन्टरनेट ‘फोरजी’ सेवा देशका ६५५ स्थानीय तहमा पुगिसकेको जनाएको छ । राज्य र व्यक्तिको सुरक्षासँग पनि कनेक्टिभिटी जोडिएकाले यसको सहज र सही प्रयोगका लागि जनमानसमा सचेतना फैलाउन जरुरी भएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उल्लेख गरे ।
कम्प्युटर एशोसिएशन अफ नेपाल महासङ्घले आइतबार आयोजना गरेको ‘मिडियामा सूचना प्रविधिको प्रयोग’ विषयक अन्तक्र्रिया कार्यक्रमा उनले थपे , “हामीले जसरी कनेक्टिभिटीलाई लैजाँदैछौँ यसको कन्टेन्ट पनि निर्धारण र प्राथमिकीकरण गर्न जरुरी छ । देशका कुना गाउँसम्म प्रविधिको पहुँच पुगे पनि यसको सदुपयोग भएको छ कि छैन भनेर प्रभावकारी अनुगमन गर्न जरुरी छ ।”
क्यान महासङ्का अध्यक्ष नवराज कुँवरले सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कलाई सूचना प्रविधिको ‘गेमचेन्जर’ मानेर सूचना प्रविधिको पूर्वाधार विकास तथा प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।