ओलीले माधव नेपाल पक्षसँग धुम्बाराहीमा छलफल गर्दै

चैत २, काठमाडौं  – एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबिच आज बार्ता हुने भएको छ । । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन् ।

विहान ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा जुटेका हुन् ।