फागुन २८, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र बंगलादेशको भ्रमण गर्ने भएकी छिन्। उनले चैत ९ र १० गते बंगलादेश भ्रमण गर्ने मिति तय भएको हो।
बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् ।
बंगलादेश भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिना वाजेदसँग औपचारिक भेट गर्ने बताइएको छ।
गत वर्ष नै राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण हुने भनिए पनि कोरोना संक्रमणका कारण स्थगित भएको थियो।