दालचिनी खानुका फाइदाहरु

फागुन २५, काठमाडौं – खानामा होस या चियामा दालचिनी मिसाएर खाने गरिन्छ । यसरी दालचिनी खादा धेरै कुरामा फाइदा पुग्ने गर्दछ । दालचिनीले मधुमेह देखि क्यान्सरको जोखिमलाई समेत घटाउने काम गर्दछ । यसका साथै यसका फाइदाहरु निम्न अनुसार रहेका छन् ।

क्यान्सरको जोखिम घटाउँछ
दालचिनी क्यान्सरका बिरामीका लागि एक आशाजनक घरेलु उपचार हुन सक्छ। यसमा क्यान्सरसँग लड्ने इन्जामका साथै एन्टीअक्सिडेन्ट, एन्टीइन्फ्लामेट्री र एन्टीमाइक्रोबियल गुण हुन्छ। यो सिलोन दालचिनीमा यो सब गुण हुनु भनेको शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउनु हो। यसमा पाइने एन्टीअक्सिडेन्ट एंजाइम एक्टिविटीलाई बढाउँछ, जुन क्यान्सरलाई रोक्न मद्दत गर्दछ।

उच्च रक्तचाप घटाउन सहयोगी
हरेक किसिमको दालचिनीमा एसिड पर्याप्त मात्रा हुने गर्छ। अध्ययनका अनुसार सिलोन दालचिनीको सेवन रक्तचापलाई कम गराउन लाभकारी मानिन्छ। मुटुसम्बन्धी विभिन्न समस्याको जोखिम घटाउन पनि दालचिनीको भूमिका महत्वपूर्ण हुन्छ।