फागुन १८, एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन बिजयी भएको छ । गएराति भएको खेलमा एभर्टनले साउथह्याम्पटनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे । रिचार्लिसनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै एभर्टनले २५ खेलमा ४३ अंक जोडेको छ । एभर्टन लिगको सातौं स्थानमा रहेको छ ।