फागुन १३, काठमाडौ – खोटाङ साकेला गाँउपालिका ४ मात्तिमका ३७ बर्षीय निर कुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
बुधवार दिउसो साढे १ बजे रावाबेसी गाँउपालिका -१ स्थितमा पर्ने रावा खोलामा निर कुमारले करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट आफैलाई लागेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।