प्रचण्ड–नेपाल समूहको शत्ति प्रर्दशन आज, यि स्थानबाट जुलुस निस्कदै

माघ २८, काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज राजधानीमा शत्ति प्रर्दशन गर्ने भएको छ ।

यसका लागि काठमाडौंका बिभिन्न स्थानबाट जुलुस निस्कने भएको छ । पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भएको बताइएको छ ।

यसका कारण बिहान १० बजे पछिदेखि नै ट्राफिक व्यवस्थापनमा चाप बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चक्रपथ भित्रको सडकमा समस्या बढ्ने भएकाले सकेसम्म चक्रपथको सडक मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।