अन्नपूर्ण सुगर मिलका सञ्चालक अग्रवाल पक्राउ

माघ १६, काठमाडौँ – अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार साँझ काठमाडौँ त्रिपुरेश्वरस्थित उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ लगतै उनलाई सर्लाही लगिएको छ ।

पक्राउ लगतै उनलाई सर्लाही लगिएको प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।  सर्लाहीको धनकौलमान मा रहेको अन्नपुर्ण मिलक सञ्चालक रहेका अग्रवाल बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगीसम्बन्धी कसूरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि जिल्ला लगिएको राठौरले जानकारी दिएका छन् ।

उनका अनुसार सर्लाही प्रहरीको पत्रचारकै आधारमा अग्रवाललाई काठमाडौँमा पक्राउ गरिएको थियो । अग्रवालविरुद्ध रु १७ करोड माग दाबी गर्दै उखु उत्पादक किसानले जाहेरी दिएका थिए । सोमध्ये उनले रु १२ करोड ६३ लाख ७२ हजार १९८ तिरिसकेको बताइएको छ ।