माघ १६, काठमाडौं – नेकपाको दाहाल(नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध हिजो बुटवलमा विशाल प्रदर्शन गरेको दाहाल(नेपाल समूहले आज विराटनगरमा पनि विरोधसभा गर्न लागेको हो ।
विराटनगरको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्नेछन् । आज विराटनगरपछि भोलि दाहाल(नेपाल समूहले धनगढीमा विरोधसभाको आयोजना गरेको छ । यता काठमाडौँको माइतीघरमा पनि धर्ना जारी छ ।
बुधबारदेखि धर्ना सुरु गरेको दाहाल(नेपाल समूहले माघ २१ गतेसम्मै निरन्तरता दिनेछ । उपत्यका बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा विशाल प्रदर्शन गरेपछि काठमाडौँमा माघ २८ गते अहिलेसम्मकै धेरै नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने दाहाल(नेपाल समूहको कार्यक्रम छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध निरन्तर सडक संघर्ष गरिरहेको दाहाल नेपाल समूहले प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेको छ ।