माघ ६, काठमाडौ – प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलवार पनि दुई खेल हुँदैछ । मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
सोमबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई २ विकेटले हराएको थियो भने पहिलो खेलमा गण्डकी आर्मीसँग पराजित भएको थियो ।
यस्तै आजै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्नेछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा दुबै टिम जित निकाल्दै सुखद शुरुवात गर्ने योजनामा छन् ।