पौष २७, काठमाडौ – झापाको कन्काई नगरपालिका-७ मा मोटरसाईकलको ठक्कर बाट पैदलयात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक-८ बस्ने ८० बर्षीय बृद्धा खेन्द्र शिवाकोटीलाई ठक्कर दिंदा घाईते भएका बृद्धको बि.एण्ड.सी.अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
