स्पेनिस ला लिगमा बार्सिलोनाको जित

पुष २६, एजेन्सी  – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा ग्रानडालाई ४(० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १८ खेलमा ३४ अंक जोडेको छ । ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ