पुस २४, काठमाडौं – महिला राष्ट्रिय फुटबल लिग आगामी माघ ७ गतेदेखि सञ्चालन हुनेभएको छ ।
यसअघि एन्फाले उक्त लिग ६ महिनासम्म सञ्चालन गर्ने जनाएको थियो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष महिला लिग ढिला सञ्चालन हुन लागेको हो ।
आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने उक्त लिगमा कूल ४२ खेल खेलाइनेछ ।
नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा चार नगरस्तरीय टोलीले लिगमा प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।