पुष २३, काठमाडौं – मह संचारको प्रस्तुतिमा म्युजिक भिडियो ’एउटा कुरा छ’ सार्वजनिक भएको छ ।
हास्य कलाकार हरिवंशको आवाज ,शब्द र संगीत रहेको म्युजिक भिडियोलाई मह संचारको अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।
भिडियोलाई राम काजी कँडेलले सम्पादन गरेका छन् । सत्य दीप केसीले खिचेको भिडियोमा हरिवंश स्वयमले अभिनय गरेका छन् ।
किरण तुलाधरको संगीत संयोजन रहेको भिडियोलाई निर्देशन सागर राज शर्माको रहेको छ ।