पुष २३, एजेन्सी – म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २ -० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो ।
अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।
टोटेनहम च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डलाई २ – ० ले पराजित गर्दै फाइनल पुगिसकेको छ ।