चिसो मौसममा दमबाट बच्ने उपायहरु

पुष २०, काठमाडौं – यतिबेला दिनप्रतिदन चिसो बढ्दै गइरहेको छ । यो मौसममा वृद्धवृद्धाहरुमा चिसो मौसममा दम बढेर अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था आउँछ ।

दम हुने कारण दमको प्रमुख कारण भनेको धुम्रपान हो । धुम्रपान गर्ने मानिसलाई पछि गएर दम हुने सम्भावना बढी हुन्छ । त्यसैले चुरोट, बिँडी सेवन गर्ने र दाउराको धुवाँमा लामोसमय काम गर्ने मानिस दमको उच्च जोखिममा हुन्छन् ।

त्यसकारण दमबाट बच्न निम्न उपायहरु अपनानु पर्दछ ।

धुवाँ धुलोबाट टाढा रहने

केमिकलजन्य पदार्थबाट टाढा रहने

मास्कको प्रयोग गर्ने

न्यानो भएर बस्ने

दमका रोगीले नियमित सेवन गर्ने औषधि साथमै राख्नुपर्छ ।

औषधि चिकित्सकको सल्लाहविना बीचमा छाड्नुहुँदैन ।