पुस २०, काठमाडौं – नायक प्रदीप बास्तोला र आँचल शर्माको जोडीमा म्युजिक भिडियो ’हावा सरर’ बोलको गीत सार्वजनिक भएको छ ।
निर्देशक मिलन चाम्सको निर्देशन रहेको गीतमा धन किरण गुरुङको आवाज शब्द र संगीत रहेको छ ।
आवाजमा धन किरणलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन । भिडियोमा प्रदीप र आँचलको साथ बुद्दी तामाङको पनि अभिनय रहेको छ।
डिजी प्रोडक्सन युकेको प्रस्तुतिमा बनेको भिडियोमा राम के.सिको छायाँकन र कविराज गहतराजको कोरियोग्राफी समावेश छ । अल्का गुरुङको निर्माणमा बनेको भिडियोको सम्पादन सन्देश शाहले गरेका छन् ।