पुस १५, काठमाडौ – नेपाल सरकारले कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ ।
२० प्रतिशत जनसंख्यालाई पुग्ने खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको विवरण सार्वजनिक भएको छ ।
भारतबाट औपचारिक रुपमा कोभिड १९ को पाउन आग्रह गरिएको नेपालका अधिकारीले वताए मिडियामा वताएका छन । भारतबाट खोप खरिदका लागि आवश्यक पर्ने खर्चसमेत सरकारले जुटाइसकेको बताइएको छ ।
खोप आए पछि पहिलो चरणमा फ्रन्टलाइनका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वृद्धवृद्धालाई लगाउने सरकारको तयारी छ ।