पुस १५, काठमाडौं – सुनिल गिरीको शब्द संगीत ,निर्देशन र आवाजमा ‘दिउँला माया तिमीलाई’ सार्वजनिक भएको छ ।
गायक सुनिललाई आवाजमा गायिका मेलिना राईले साथ दिएकी छिन । यस अघि सोल्टिनी नामक गीत निकालेका सुनिलले सोही गीतको सफलता पछि भाग २ ’दिउँला माया तिमीलाई’ निकालेका हुन ।
कृष्ण बिकको एरेन्ज, बिकेक विकको छायांकन र सम्पादन साथै कलरिंग रहेको गीतको भिडियोमा सुनिल र उर्मिला गुरुङको अभिनय रहेको छ ।
भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ । गीतको भिडियोलाई सुनिलकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।