कांग्रेस सभापति देउवा र चिनियाँ उपमन्त्रीको टोलीबीच भेटवार्ता

पुस १४, काठमाडौं –  नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोल नेतृत्वको प्रतिनिधिमण्डलले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।

भेटमा दुई देशबीचको सम्वन्ध अझ प्रगाढ बनाउने र नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्वन्ध थप सुदृढ गर्ने लगायतका द्वीपक्षिय हितका विषयमा कुराकानी भएको बताइएको छ।

सो टोली आज बिहान देउवा निवास बुढानिलकण्ठ पुगि सभापति देउवासँग भेटेको थियो । तीन दिन अघि नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोल नेतृत्वको प्रतिनिधिमण्डलले यस अघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल लगायत शीर्ष नेताहरुसँग पनि भेट गरिसकेको छ ।