पुष ८, काठमाडौं -नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपाको संसदीय दलको नेतामा चयन भएका छन् ।
आज बसेको नेकपा प्रचण्ड (नेपाल समूहको संसदीय दलको बैठकले उनलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो ।
प्रतिनिधिसभा विघटन भएपनि प्रचण्डलाई उक्त दलको संसदीय दलको नेता चयन गरिएको हो । यस अघि अध्यक्ष केपी शर्मा ओली संसदिय दलको नेता थिए ।
आजको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको थियो ।मंगलबार यस समूहले माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको थियो ।
आज बैठकमा विघटित प्रतिनिधिसभाका ९० भन्दा बढी नेकपा सांसद उपस्थित भएको दावी गरिएको छ ।