पुष ७, काठमाडौं – मलद्वार र मलाशयका भित्ताहरुमा रहेको रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर यसबाट छुटकारा पाउन सकिन्छ । जटिल अवस्थामा भने शल्याक्रिया गर्नुपर्ने हुन सक्छ । योग, आर्युवेद क्षारसुत्र लगायतका उपचार विधीबाट पनि यसको निदान खोज्न सकिन्छ ।
पाइल्सबाट छुटकारा पाउने घरेलु उपायहरु भने यसप्रकार छन् ।
चुकन्दरको सेवन गर्ने
काँचो गाँजर वा काँचो गाँजरको रस नियमित खाने
दैनिक काँचो प्याज खाने
मुलाको सलाद खाने मुलालाई मसिनो बनाएर घिउमा भुटेर मिस्रि राखेर खाने
गौहुको जराको रस एकदमै फाइदाजनक हुन्छ ।
लौकाको पातलाई पिसेर पाइल्स भएको ठाउँमा राख्नाले केहि दिनमा पाइल्स निको हुन्छ ।
जिराको धुलो मिस्रि पानीसँग मिसाएर खानाले पाइल्सको दुखाई कम गर्दछ ।
कालो तिल दैनिक खानाले दुवै किसिमको पाइल्समा फाईदा पुग्दछ ।
धनियाँको पातको रस मिश्रीमा मिसाएर खानाले तुरुन्तै लाभ दिन्छ ।