पुष ७, एजेन्सी – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले फाइजर कम्पनीद्वारा निर्मित कोरोनाभाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् । अमेरिकामा बाइडेनसहित धेरै राजनीतिक नेतृत्वले खोप लगाइसकेका छन् ।
आइतबारबाट अमेरिकामा मोडर्ना कम्पनीले निर्माण गरेको दोस्रो खोप पनि पठाउन सुरु गरिसकिएको छ । हालसम्म ५ लाखभन्दा बढी अमेरिकी नागरिकले खोप लगाइसकेको बताइएको छ ।
‘खोप उपलब्ध हुँदा मानिसहरु यसलाई लगाउन तयार हुनुपर्छ भनेर देखाउन म यो खोप लगाउँदैछु,’ खोप लगाउँदै बाइडेनले भने, ‘यसमा चिन्ता लिनुपर्दैन ।’
उनले देशमा खोप कार्यक्रम सुरुवात गरेकोमा ट्रम्प प्रशासनलाई पनि श्रेय दिए । बाइडेनसँगै उनको पत्नी जिल बाइडेनले खोपको पहिलो डोज लिएकी छन् ।