पुष ६, काठमाडौं प्रधानमन्त्री केपी ओलीले सरकारमाथि आफ्नै पार्टीबाट असहयोग र घेराबन्दीका भएका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन् ।
आज राष्ट्रको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रतिपक्षी दल भन्दा पनि आफ्नै दलका नेताहरुले असहयोग गरेको गुनासो गरेका छन् ।
प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावना विपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन गतिविधीको सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए ।
उनले नेपाल कम्युनिष्ट पार्टीको एकताको निर्णय आम निर्वाचनमार्फत् अनुमोदन भए पनि त्यसपछि राजनीतिलाई जनअपेक्षा अनुरूप अघि बढ्न नदिने गरी विसंगत गतिविधि भएको बताए ।