पुष ६, एजेन्सी – प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले लिड्सलाई ६–२ गोल अन्तरले हराएको छ ।
आईतबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा म्यान युनाईटेडले लिड्समाथि फराकिलो जित दर्ता गरेको हो ।
जित सहित म्यान युनाईटेड तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
१४ औं स्थानको लिड्स रेलिगेशन जोन भन्दा ४ अंकले मात्र माथि छ ।