पुष ३, काठमाडौं – काठमाडौं उपत्यकामा लागू भएको जोर बिजोर प्रणाली शुक्रबार (आज) बाट हटेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको शुक्रबारको छलफलले आजबाट जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोर बिजोर प्रणाली हटाउने निर्णय भएको हो । लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधन सञ्चालनमा आए पनि जोर बिजोर प्रणाली कायम गरिएको थियो ।
जोर बिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पनि खुला गरिने भएको हो ।