थप १०५६ मा कोरोना पुष्टि, १४ जनाको मृत्यु

मंसिर २४, काठमाडौं – नेपालमा आज थप १०५६ मा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै  हालसम्म  संक्रमित हुनेको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ।

त्यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा  थप १४ जनाका मृत्यु भएको छ । मृत्य  हुनेको संख्या  १६५१ पुगेको छ