बालुवाटारमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता, विवाद सुल्झाउने प्रयास

मंसिर २४, काठमाडौं – नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्षद्वयबीच पार्टीको विवाद सुल्झाउने विषयमा छलफल भएको हो।

प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। बुधबार भएको भेटले पछिल्लो समय दुई अध्यक्षबीच बढिरहेको दुरीलाई कम गर्ने प्रयास गरेको छ।

लामो समयदेखि आरोप प्रत्यारोपमा उत्रिएका अध्यक्षहरु छलफलमा जुट्नु सकरात्मक भएको बताइउको छ ।

नेकपाको स्थायी कमिटी बैठक २८ गते बस्दैछ। यो बीचमा नेताहरु औपचारिक छलफलमा जुटेका छन्।

ओली र प्रचण्डबीच पनि स्थायी कमिटी बैठकपछि पहिलो औपचारिक भेटवार्ता हो।