मंसिर २४, एजेन्सी – क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो ।
युभेन्ट्सको जितमा रोनाल्डोले दुई गोल गरे । सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोनाविरुद्ध उत्रिएका थिए ।
मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका स्टारले स्पेनमा पुन आफ्नो जादु देखाएका छन् ।
रोनाल्डोको पेनाल्टी गोल मार्फत पाहुना टोली युभेन्ट्सले खेलमा अग्रता लिएको थियो ।
वेस्टन म्यानकेनीले त्यसको ७ मिनेटपछि युभेन्ट्सको अग्रता दोब्बर बनाउने काम गरे । रोनाल्डोले ५२ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाएका थिए ।
रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरेका छन् ।
सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो ।
समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुले । जितले युभेन्ट्सलाई समूहको शीर्ष स्थानमा राख्दै नकआउट चरण पुर्याएको छ । बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्यो ।
सोही समूहको अर्को खेलमा डायनामो किभले फेरेन्कोव्रोसी टीसीलाई १–० गोल अन्तरले पराजित गर्यो ।