कविता – नारीको वेदना

कति राम्रो रुमाल बन्छ बुन्यो भने कुरुषले ।

नारीहरू स्वतन्त्र छन् भन्दै हिड्छन् पुरुषले ।।

पुरुष झै स्वतन्त्र त कहाँ छन् र यहाँ नारी ।

त्यसै माथि समाजले हिड्छन् बरै कुरा काटी ।।

बालवच्चा रुवाएर एक्लै मोज गर्नेहरु ।

सधै सधै टिल्ल परी रक्सिले पेट भर्नेहरु ।।

कैलेकाहीं खाए हुन्छ मरी जाने चोला हो यो ।

जती कोच्यो नभरिने घैटो हो की झोला हो त्यो ।।

कमएको छु भने पनि पिउँदा पिउँदै ठिक्‍क हुन्‍छ ।

दिनहुँको झगडाले परिवारै दिक्‍क हुन्छ ।।

छोराछोरी हुर्काउँदै घरको धन्दादेखि तिमी ।

क्यै उपती छैन् भनी झार्छौ अझै सेखी तिमी ।।

इष्‍टमित्र बालबच्चा भान्सातिर पस्न सक्छौ ?

श्रीमतीले त्यसै गरे चुप लागेर बस्न सक्छौ

 

सुधा न्यौपाने बस्याल , पाल्पा, बहादुरपुर

हाल बुटवल