इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्याम शीर्ष स्थानमा

मंसिर २२, एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले आर्सनललाई २ – ० गोलले पराजित गरेको छ ।

जितसँगै टोटनह्याम तालिकाको शीर्ष स्थानमा पुगेको छ । टोटेनह्यामले ११ खेलमा २४ अंक जोडेको छ । घरेलु मैदानमा टोटेनह्यामलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक एक गोल गरे ।

लिभरपुलको २४ अंक भए पनि उसको गोल अंकको आधारमा दोस्रो स्थानमा रहेको छ ।

गए रातिको खेलमा टोटेनह्यामसँग हारेको आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।