मंसिर १९, काठमाडौं – आर्सनलले युरोपा लिग फुटबलमा लगातार जितको यात्रा कायम राखेको छ ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले ¥यापिड भिएनालाई ४–१ ले पराजित गरेको हो ।
बिहीबार रातिको खेलमा आर्सनलको रंगशालामा सीमित दर्शकलाई आउन स्वीकृति दिइएको थियो ।
२७१ दिनपछि दर्शकले रंगशालामा बसेर खेल रहे । भौतिक दूरी कामय गरी मास्क लगाएका दर्शकले खेले हेरेका हुन् ।
लगातार पाँच खेलमा जित निकालेको आर्सनल १५ अंकसहित समूहको शीर्ष स्थानमा छ ।