मंसिर १८,पर्सा – करेन्ट लागेर पर्सामा २५ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बहुदरमाई नगरपालिका ६ गमरिया बस्ने २५ वर्षीय दिनेश साह रहेका छन् ।
मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।