उदुप सापकोटाको राष्ट्रिय गीत ‘म हुँ नेपाली’ सार्वजनिक – (भिडियोसहित) प्रकाशित : २०७७ मंसिर ८ गते ९:०० मंसिर ८, काठमाडौं – उदुप सापकोटाले ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । उक्त गीतमा शब्द, स्वर र संगीतका साथै अभिनय पनि सापकोटा आफैँले गरेका छन् । भिडियोको निर्देशन र सम्पादन कुमार लामा योञ्जनले गरेका छन् ।