शुरु भयो नेकपाको सचिवालय बैठक

मंसिर ३, काठमाडौं  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बुधबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक सुरु भएको हो ।

आजको बैठकमा सचिवालयका नौ जना सदस्यहरु नै सहभागि भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले एकलौटी रुपमा सचिवालय बैठक राख्ने चेतावनी दिएसँगै मन्त्रिपरिषद्को बैठक २ बजेलाई सार्दै प्रधानन्त्री ओली पनि सचिवालय बैठकमा सहभागी भएका छन् ।