स्पेनले जर्मनीलाई ६–० ले हरायो

मंसिर ३, एजेन्सी –  स्पेनले नेसन्स लिग फुटबलमा जर्मनीलाई फराकिलो गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

घरेलु टिम स्पेनले जर्मनीलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। बराबरी खेलेको भए पनि जर्मनी नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गर्ने थियो।

यो जितसँगै नेसन्स लिगको ‘ए’ अन्तर्गत समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको स्पेनले ६ खेलमध्ये तीन खेलमा जित, दुईमा बराबरी र एक खेलमा हारसहित ११ अंक बनाएर सेमिफाइनलमा पुगेको हो।

पराजित जर्मनीको भने दुई खेलमा जित, तीन खेलमा बराबरी र एक खेलमा हारसहित ९ अंक छ।