८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

मङ्सिर २, काठमाण्डौँ – गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ । फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।