कात्तिक २५, काठमाडौं – अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ ।
गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।
मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् ।
भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको सङ्गीत खेम सरु मगरको रहेको छ भने एलेन मगरको छायाङ्कन , एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ ।
गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।