थप दुई हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक २४, काठमाडौ – स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप दुई हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ।

एक हजार ७ सय ९८ जना निको भएका छन्।