सिटी एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु

कात्तिक २४, काठमाडौ – हङकङको ख्यातिप्राप्त Wirease Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीले Wirease Remittance  को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Wirease Remittance को तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन ।

यही नोभेम्बर ३० तारिक सम्म Wirease Remittance बाट सिटी एक्सप्रेस मार्फत गरिनेबैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।