होमस्टेका सञ्चालक भन्छन् ‘हामी रोकिएका हौ, थलिएका होइनौ।’

कात्तिक २४, काठमाडौ-  कोरोना महामारीले लामो समयम थलिएको होमस्टे ब्यावसाय अव जुरमुराउन थालेको छ । होमस्टेहरुमा आन्तिक पर्यटकहरुको चहलपहल हुन थालेपछि होमस्टे व्याबसायीहरु पनि दंग परेका छन । बांके बैजनाथपुर गाभर भ्यालीमा अहिले करिब ५० जना आन्तिरक पर्यटक पुग्ने गरेका बताउछन् होमस्टेका सञ्चालक कृष्ण चौधरी ।

कोरोना कहर र लामो समयमदेखिको लकडाउनले घरमै बस्न दिक्क भएको बेला घुमफिरका लागि होमस्टे प्राथमिकतामा रहेको उनी बताउछन । उनी भन्छन् ‘शहरबजार बाट केहि समय आन्दमय समय बिताउनका लागी पर्यटकहरुले होमस्टे उपयुक्त गन्तब्य वनाएका छन ।’ गाभर भ्याली रारा सुदुरपश्चिमा जानेहरुका लागी ट्रान्जीट प्वाइन्ट भएकाले पनि यस होमस्टेमा पर्यटकको चहलपहल बढेको उनी बताउछन् ।

अन्य बर्षको तुलनामा यस बर्ष होमस्टेमा आउने पर्यटकहरुको संख्यामा कमी भए पनि महमारीको समयमा ब्याबसायीहरुलाई केहि राहत भने मिलको छ । महामारीको कारण केहि समय होम स्टेका सेवा रेकिएको ब्याबसायीहरु कृष्ण बताउछन् । उनी भन्छन् ‘महामारीका कारण केहि समय हामी रोकिएका थियौ, थलिएका होइनौ ।’ पर्यटकहरु आउन साथै ब्याबसायीहरुले आफ्ना सेवाहरु संचालन गरेको बताउछन् उनी ।

“मिश्रित परम्परा र संस्कृती जैविक विविधता यूक्त गाभार भ्याली” नाराका साथ २०७१ सालदेखि सञ्चालनमा आउको ग्राभर भ्यालीमा चुरे पहाडको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । यसका साथै बाँके राष्ट्रिय निकुञ्जमा घुम्न सकिन्छ । भ्यालीमा १७ वटा होमस्टे सञ्चालनमा छन् । गाउमा थारु र मुगेलीहरूको संयुक्त बसोबास छ । मुगेली थारुको मिश्रित संस्कारमा परम्परागत परिकारहरूको स्वाद लिन सकिने भ्यालीका अध्यक्ष कृष्ण चौधरी बताउछन । चौधरीका अनुसार अनदीको भात, ढिक्री, कोदो, ढिडो, घोघी र गंगटोजस्ता थारु स्वादहरू लिन सकिन्छ ।