कात्तिक २४, नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको छ ।
गए राति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनल प्रवेश गरेको हो ।
अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग खेल्नेछ । फाइनल खेल मंगलबार दुबईमा हुनेछ ।
यस खेलमा पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।