एभरेष्ट बैंकको नाफा ५१ प्रतिशतले घट्यो

कात्तिक २४, काठमाडौं एभरेष्ट बैंककोनाफामा गिरावट आएको छ। बैंकको व्याज आम्दानी ११ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो तीन महिनामा तीन अर्ब १६ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ। जबकि गत आर्थिक वर्ष २०७६र७७ को सोही अवधिमा तीन अर्ब ५८ करोड रुपैयाँ थियो।

यस अवधिमा बैंकको कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेख्य सुधार आइसकेको छ। यसै कारण बैंकको खुद व्याज आम्दानीमा २८ प्रतिशतले गिरावट आएको बैंकले जनाएको छ।

बैंकले तीन महिना अवधिमा एक अर्ब २ करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।  खुद व्याज आम्दानीको असर बैंकको नाफामा देखिएको हो। बैंकको नाफा ५१.५४ प्रतिशतले घटेर ३३ करोड ४७ लाख रुपैयाँमा झरेको छ। जबकि गत वर्षको सोही अवधिमा बैंकको नाफा ६९ करोड ८ लाख रुपैयाँ थियो।