कात्तिक २४, काठमाडौं – चर्चित डान्सर जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आउ माया साथैमा बोलको गीतलाई गायक प्रताप दास र गायिका अस्मिता अधिकारीले आफ्नो आवाज दिएका छन् ।
गीतमा गंगा दुलालको शब्द छ भने राजेन्द्र बजगाईँको एरेन्ज र म्युजिक रहेको छ ।
उत्सव दाहालले खिचेको गीतको भिडियोलाई माईकल चन्दले निर्देशन गरेका छन् ।