बर्दियामा सवारी दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गयो

कात्तिक २३, बर्दिया- बर्दियामा सवारी दुर्घटनामा परी श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको बढैयाताल गाउँपालिका ८ तिलकानामा भएको सवारी दुर्घटनामा परी श्रीमान श्रीमतीको ज्यान गएको हो ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका ७ का २६ वर्षीय अर्नुन रिमाल र उनकी २३ वर्षीय श्रीमती ललिता रिमालको मृत्यु भएको रहेका छन् ।

गएराती राती बढैयातालको तिलकानामा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा रिमाल दम्पती घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी योगेन्द्र खड्काले इमेलखरलाई जानकारी दिए ।

उनका अनुसार उनीहरुको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।