कात्तिक २१, काठमाडौं – अभिनेत्री साम्राज्ञी आर एल शाहको नयाँ म्युुजिक भिडियो रिलिज भएको छ । ।
उनी आफ्नै आमा नेहा आर एल शाहको आबाज रहेको ‘ तिमी र म…. बोलको गितमा मोडलको रूपमा देखिएकी हुन । साम्राज्ञीलाई यो गितमा पुरूष मोडलको रूपमा देबांस राणाले साथ दिएका छन ।
भिडियोको निर्देशन बिशेसदेब पाण्डेले गरेका हुन । बिराज गौतमले लेखेको यो गीतमा संगीत पनि गौतमकै रहेको छ ।
यस अघि उनले गाएको ‘ मेरो मनको सपना र फूली फूल्यो बोलको गितले राम्रै प्रशंसा हात पारेको थियो ।
गीतको भिडियो बोधी एच डी यूटुब च्यानलबाट सार्बजनीक भएको हो ।